Techie IT
२०८२ कार्तिक १६, आइतबार

कम्युनिस्ट पार्टीमा नेतृत्व हस्तान्तरण नगरेकोले वाम शक्ति फुट्दै छन् — भुसाल


नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले कम्युनिस्ट पार्टीभित्र विकृति र विसङ्गति फैलिएको भन्दै नेतृत्व हस्तान्तरणको कार्ययोजना सहित वाम एकता आवश्यक रहेको बताएका छन्। शनिबार आयोजित भेलामा बोल्दै उनले राजनीतिलाई सही दिशा दिन वामशक्ति एकताबद्ध हुनुपर्ने र पुराना पुस्ताका नेताले अब बिदा लिनुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै, सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा उत्पन्न राजनीतिक सङ्कट समाधानका लागि वाम पार्टीहरूको पुनर्गठन आवश्यक रहेको बताए। उनले पार्टीलाई व्यापक पुनर्गठन गरी संगठन सशक्त बनाउनुपर्ने र युवालाई पार्टी नेतृत्वमा अगाडि बढाउने आवश्यकता औँल्याएका थिए ।

खनालले वामपन्थी शक्तिले पार्टीभित्र आफ्ना वैचारिक दृष्टिकोण प्रस्ट पारी आन्तरिक विवाद समाधान गरेपछि मात्रै दीर्घकालीन एकता सम्भव हुने बताएका छन्। उनले भने, “मुलुकमा छरिएका कम्युनिस्ट पार्टीमा नेतृत्व हस्तान्तरणको समस्याले कम्युनिस्ट आन्दोलन जुट्ने र फुट्ने प्रक्रियामा छ। वैचारिक दृष्टिकोणसहित नेतृत्व हस्तान्तरण गर्दै पार्टी पुनर्गठन गर्नु जरूरी छ। यसले मात्रै सामाजिक न्याय र आर्थिक रूपान्तरणका कार्यक्रम कार्यान्वयनमा सफल हुन सकिन्छ।”

साथै, खनालले मुलुकमा सुशासन कायम गर्न नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने र निष्पक्ष छानबिनमा दोषी देखिएका नेतालाई पार्टी जिम्मेवारीबाट अलग गर्नुपर्ने धारणा पनि व्यक्त गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट