Techie IT
२०८३ असोज १६, शुक्रबार

सर्को तानेको बेलामा केहि पनि नबोल्न र नलेख्न अनुरोध छ - शिक्षामन्त्री पुन


शिक्षामन्त्री महावीर पुनले केही आशालाग्दा अभियन्ता र अगुवाहरूले सामाजिक सञ्जालमा सर्को तानेर बोल्ने तथा लेख्ने प्रवृत्तिप्रति असन्तुष्ट व्यक्त गरेका छन्।

उनले आफ्नो सामाजिक सञ्जाल पोस्टमा लेखे– “केहि–केहि आशालाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ। सर्को ताने पनि केहि छैन। तर सर्को तानेको बेलामा केहि पनि नबोल्न र नलेख्न अनुरोध छ।”

मन्त्रि पुनको यो टिप्पणी, गएराति काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा अश्लील शब्दसहित स्टाटस लेखेका परिस्थितिसँग सम्बन्धित देखिन्छ। मेयर साहको उक्त स्टाटसको चौतर्फी आलोचना भइरहेका बेला मन्त्री पुनले लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट