एकताका लागि बरीयता टुंग्याउँदै प्रचण्ड र माधाव नेपाल
नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज (कात्तिक १६) भेटवार्ता हुने भएको छ।
यी दुई पार्टीबीच एकता गर्ने निर्णय पक्का भएपछि वरीयतासहितका विषयमा छलफल गर्न दुवै नेता भेट्न लागेका माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
सापकोटाले भने, “सम्भवतः पेरिसडाँडामै छलफल हुनेछ। दुवै नेताबीच वरीयतालगायत विषयमा कुराकानी हुने भनिएको छ।”
यसअघि एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो। त्यसपछि दल दर्ता र संगठनात्मक विषय टुंगोमा पुर्याउन दुवै नेता सक्रिय भएका हुन्।
तर, एकताको गृहकार्य पर्याप्त नभएको भन्दै दुवै पार्टीका केही नेता असन्तुष्ट देखिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस