Techie IT
२०८२ फागुन ९, शनिबार

माओवादी केन्द्र लगायत सात दलबीचको पार्टी एकता घोषणा कात्तिक २० गते


नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका सात दलबीचको पार्टी एकता घोषणा यही कात्तिक २० गते हुने भएको छ।

आज बिहान बसेको माओवादी केन्द्र सचिवालय बैठकले कात्तिक २० गते काठमाडौंमा भव्य एकता घोषणा कार्यक्रम गर्ने निर्णय गरेको माओवादी नेता अग्नि सापकोटाले जानकारी दिएका छन् ।

सापकोटाका अनुसार माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, नेकपाबाट विद्रोह गरेका चिरन पुन (मिलन सी) समूह, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच एकताको घोषणा हुन लागेको हो।

एकतापछि नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी’ राख्ने सहमति भएको छ। नयाँ दलले राजनीतिक सिद्धान्तका रूपमा ‘माओवाद’ हटाएर ‘मार्क्सवाद–लेनिनवाद’ मात्र अंगीकार गर्ने निर्णय गरेको छ।

एकता प्रक्रियामा सहभागी दलका नेताहरूले एकता घोषणा गरेपछि निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिने तयारी पनि गरेका छन्। आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिनुपर्ने समयसीमा तोकेको छ।

पार्टी एकताको विरोध गर्दै आएका माओवादी नेता जनार्दन शर्मा भने आजको सचिवालय बैठकमा सहभागी थिएनन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट