अखिल (क्रान्तिकारी) का महासचिव आजादको विप्लवलाई प्रश्न - संविधान जलाउनु गल्ती थियो भनेर स्विकार गरेको हो ?
नेकपा बहुमत (धर्मेन्द्र बास्तोला नेतृत्व) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का महासचिव उषाकिरण आजादले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को पार्टी निर्वाचनमा जाने भएपछि विप्लव प्रति प्रश्न उठाएका छन् ।
आजादले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसमार्फत विप्लव नेतृत्वको नेकपाले अघिल्लो समयमा संसदीय व्यवस्था अस्वीकार गरेको भए पनि अहिले त्यसैको निर्वाचनमा सहभागी हुने निर्णयप्रति आलोचना गरेका छन्।
उनले लेखेका छन्, “संसदीय व्यवस्था नमान्ने भनेर जनक्रान्तिको रन्को गर्ने पार्टीले दश वर्षपछि पार्टी दर्ता गरी त्यही चुनावमा जानु डाँडामा पाली तताएर हाम्फाले सरह होइन र?”
आजादले पार्टी नेतृत्वले अघिल्ला कदमबारे स्पष्ट राजनीतिक जवाफदेहिता लिनुपर्ने पनि बताएका छन्। उनले संविधान जलाउने निर्णयदेखि लिएर संविधानसभा बहिष्कारसम्मका कदमबारे प्रश्न उठाउँदै, ती गल्तीहरू स्विकार गरिएको हो वा होइन भन्ने सार्वजनिक गर्न माग गरेका छन्।
उनले लेखेका छन्-
संसदिय व्यावस्था नमान्ने भनेर जनक्रान्तिको रंडाको गरेका पार्टीले दशवर्ष पछि पार्टी दर्ता गरि त्यही चुनाउमा जानू डाडुमा पाली तताएर हामफाले सरह हैन र ? जे गरेपनि , जेपो गरुन चुप लागौं र नबोलौँ भनेको मित्रहरूको अलि धाकधम्की आईसकेपछी र ज्यादा चकचक गरिसकेपछि केही विषयमा उनिहरूले केही जवाफ दिनुपर्दछ र उनिहरू जिम्मेवार बन्नुपर्दछ । संविधान जलाएर /जलाउन आदेश दिएर आज फेरि त्यही संविधान अन्तर्गतको निर्वाचनमा हामफाल्नेहरूले त्यो संविधान प्रतिको आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ कि पर्दैन ?
१) के विप्लव नेकपाले संविधानसभाको चुनाउ बहिस्कार गर्नु गल्ती थियो भनेर स्विकार गरेको हो !
२) संविधान जलाउनु गल्ती थियो भनेर स्विकार गरेको हो !
३) के एकीकृत जनक्रान्ती गल्ती थियो भनेर स्विकार गरेको हो ?
४) आफुले यो दस वर्षमा गरेका सबै गल्ती भए भनेर माफी मागेको हो ?
५ ) खै जिम्मेवारी ? राजनितीक जवाफदेहिता खै ? नैतिकता खै ?
६) अहिलेको व्यावस्थाकै निर्वाचनमा जानुभन्दा अगाडी राजनितीक श्वेतपत्र जारी गरेको खै ?
अन्यथा नचाहिने कुरा गरेर तिमिरूलाई जनताले पत्याईदिनुपर्ने ? फटाहरू !
#UshakiranAazad
#Ushakiran #raibarpress



तपाईको प्रतिक्रिया दिनुहोस