Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

माओवादीको महाधिवेशन आयोजक समितिद्वारा पार्टी एकता प्रस्ताव पारित


नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको छ।

प्रज्ञा भवन, कमलादीमा बसेको समितिको अन्तिम बैठकमा नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। श्रेष्ठको प्रस्ताव समितिका सदस्यहरूले ताली बजाएर सर्वसम्मत रूपमा पारित गरेका हुन्।

त्यस क्रममा श्रेष्ठले पार्टीलाई अझ सबल बनाउँदै जेनजी पुस्ताको भावना समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

माओवादी केन्द्रले बुधबार नेकपा (एकीकृत समाजवादी) लगायतका दलसँग एकता गर्ने तयारी गरेको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट