Techie IT
२०८२ फागुन ९, शनिबार

नेतृत्वले दिएको दर्जानी चिन्ह फिर्ता गरेका छौँ - नेता राम कार्की


नेता राम कार्की

‘प्रगतिशील अभियान नेपाल’का नेता राम कार्कीले देशमा वर्तमान संकटको मूल कारण सक्षम नेतृत्वको अभाव रहेको बताएका छन्।

नेकपा (माओवादी केन्द्र)बाट अलग हुँदै बनेको समूहका नेता कार्कीले मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत नेपाली कम्युनिस्ट आन्दोलन विघटनको अवस्थामा पुगेको दाबी गरेका छन् ।

उनका अनुसार पछिल्लो ‘जेनजी विद्रोह’ले कम्युनिस्ट पार्टीहरूलाई विभाजित र कमजोर बनाएको छ। उनले भ्रष्टाचारका मुद्दा खेपिरहेका केही नेताहरू अहिले पनि उच्च पदमा पुगेको आरोप लगाए।

कार्कीले भने, “जनता र कम्युनिस्ट पार्टीबीच गहिरो दूरी बढ्दै गएको छ। हाम्रो ‘नालायक’ नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत हामीसँग रहेन। हामी नयाँ पार्टी खोल्न गएका होइनौँ, गल्ती स्वीकार गरेर सुधारको अभियान चलाइरहेका छौँ।”

उनले विगतका गल्तीका लागि माफी माग्दै पार्टीभित्र सुधारको आवश्यकता औंल्याए। “हामीले नेतृत्वले दिएको दर्जानी चिन्ह फिर्ता गरेका छौँ,” कार्कीले भने, “शुभेच्छुक र शुभचिन्तकहरूलाई समाजवादी आन्दोलनमा सक्रिय हुन आह्वान गर्दछौँ।”



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट