Techie IT
२०८२ फागुन ९, शनिबार

माओवादी केन्द्रलगायत नौ दलको एकताको नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’


नेकपा (माओवादी केन्द्र) सहित नौ दलबीच हुने एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने भएको छ।

प्रज्ञा भवन, कमलादीमा जारी माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको नामबारे जानकारी गराएका हुन्।

नयाँ पार्टीको चुनाव चिन्ह ‘पाँचकुने तारा’ रहनेबारे आठ दलबीच पहिल्यै सहमति भइसकेको छ। आइतबार माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत आठ दलबीच भएको १८ बुँदे सहमतिमा पार्टीको नाम भने उल्लेख गरिएको थिएन।

भोलि भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गरी औपचारिक रूपमा पार्टी एकता घोषणा गरिने तयारी गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट