Techie IT
२०८३ असार २७, शनिबार

ओली–खनाल भेट सकारात्मक, एमालेमा फर्कने तयारी


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ।
अध्यक्ष ओलीको निवास गुण्डुमा मंगलबार भएको सो भेटलाई एमाले नेताहरूले सकारात्मक बताएका छन्।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार, भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र खनालकै नेतृत्वमा समाजवादीका असन्तुष्ट नेताहरू एमालेमा फर्कने सम्भावना बलियो बनेको छ।

बस्नेतका अनुसार, नेतृ रामकुमारी झाँक्री, पूर्वसांसद किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना र अर्जुन राईलगायतका नेता–कार्यकर्ताहरू एमालेमा फर्कने तयारीमा छन्।

यता, असन्तुष्ट समूहकी नेतृ रामकुमारी झाँक्रीको समूहले बुधबार बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलन गर्न लागेको पूर्वमन्त्री किसान श्रेष्ठले जानकारी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट