Techie IT
२०८२ फागुन ८, शुक्रबार

कारागारबाट भागेको घटनाबारे जाँचबुझ आयोगद्वारा रविसँग करिब ६ घण्टा लामो बयान


लामिछाने लाई आयोगमा बयान दिन लगिदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग जेनजी आन्दोलनका क्रममा कारागारबाट बाहिरिएको घटनाबारे जाँचबुझ आयोगले करिब ६ घण्टा लामो बयान लिएको छ।

भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बुधबार सिंहदरबारस्थित कार्यालयमा लामिछानेसँग बयान लिएको हो।

बयानका लागि उनलाई बिहान नक्खु कारागारबाट सिंहदरबार झिकाइएको थियो। आयोगका अनुसार लामिछानेसँग कारागारबाट भाग्ने क्रममा तयार गरिएको कागजात, प्रशासनिक निर्णय र घटनाको वास्तविकताबारे विस्तृत सोधपुछ गरिएको हो।

कारागारबाट कसरी बाहिरिए लामिछाने ?

जेनजी आन्दोलनका क्रममा रास्वपाका कार्यकर्ताले नक्खु कारागारको ढोका खोलेर लामिछानेलाई बाहिर निकालेपछि अन्य कैदीबन्दी पनि भागेका थिए। फरार भएका कैदीबन्दीहरूले “लामिछानेलाई निकाल्ने र आफूहरूलाई जेलमै राख्ने अन्याय” भन्दै सुरक्षाकर्मीहरूसँग लफडा गरेका थिए।

लामिछाने कार्यकर्ताले तयार गरेको पत्रमा जेलर सत्यराज जोशीबाट हस्ताक्षर गराएर बाहिरिएको बताइन्छ।
जेलर जोशीले आयोगलाई दिएको बयानमा भने लामिछाने बाहिरिएपछि दबाबमा परेर कागजमा हस्ताक्षर गर्न बाध्य भएको बताएका छन्।

यता रास्वपाले भने आन्दोलन हिंसात्मक हुँदै जेलमा आगजनी हुनसक्ने अवस्थाका कारण प्रशासनले नै सुरक्षाका लागि आफन्तको जिम्मा लगाएको दाबी गर्दै आएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट