नेता न्यौपानेको प्रश्न दश वाम दलबीचको एकता फागुन २१ सम्म टिक्ला र ?
नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले दश वाम दलबीचको एकता लामो समय नटिक्ने भनी दाबी गरेका छन्।
बुधबार भएको एकता सम्मेलनमार्फत नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दश कम्युनिस्ट घटक मिलाएर नयाँ नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको थियो। यसमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संयोजक र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक चयन भएका छन्।
लेखनाथ न्यौपानेका अनुसार, उक्त एकता आगामी फागुन २१ गतेका लागि तोकिएको चुनावसम्म टिक्यो भने मात्र ठूलो उपलब्धि मानिने छ ।
उनले लेखे - ‘ओछ्यानमा बसेर भिडिओ हेरेपछि...पिँध नभाका लोटा, अनुहार कुच्चिएका, पानीका लौरा, पिङ खेल्दाखेल्दा थाकेका, गनाएका नाम मञ्चमा’, ‘यसो हेरेको सबै दाने गाईजस्ता, फुकाएपछि आआफ्नै बाटाे लाग्ने, फागुन २१ सम्म रहे ठुलो कुरो। नहुनुभन्दा जस्ताे भएनि मामा मामै हाे, चित्त बुझाउने मेसो। एउटा नयाँ कुरो टाई लगाउन बिर्सेका रहेछन् मान्छेहरूले आज।’



तपाईको प्रतिक्रिया दिनुहोस