Techie IT
२०८३ असार २७, शनिबार

जसपाको केन्द्रीय समिति बैठक आज पनि जारी


जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ। बिहीबारको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा बुधबार प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि नेताहरूले धारणा राख्ने कार्यक्रम रहेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

अध्यक्ष यादवले नेपालको वर्तमान राजनीतिक परिस्थिति, जसपा नेपालको दृष्टिकोण र कार्यदिशा, पार्टीको सङ्गठनात्मक कार्ययोजना, पार्टी एकता, मोर्चा र चुनावी तालमेललगायत विषय समेटिएको २२ बुँदे प्रतिवेदन बैठकमा प्रस्तुत गरेका थिए।

बैठकले अध्यक्ष यादवले प्रस्तुत गरेको राजनीतिक तथा सङ्गठनात्मक प्रस्तावमाथि छलफल गरी निर्णय गर्ने बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट