Techie IT
२०८२ कार्तिक २३, आइतबार

आफ्नो निर्देशनात्मक सम्बोधनपछि महाधिवेशन विनाछलफल सहिने ओलीको घोषणा


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यसपालिको महाधिवेशन आफ्नो निर्देशनात्मक मन्तव्यपछि बिनाछलफल सम्पन्न हुने बताएका छन्।

एमाले केन्द्रीय शिक्षा तथा मानव स्रोत विभागले शुक्रबार आयोजना गरेको विद्वत वर्ग अन्तरसंवाद कार्यक्रममा बोल्दै ओलीले भने, ‘यसपटक मैले एकतर्फी रूपमा महाधिवेशनलाई सम्बोधन गर्ने हो। मेरो उद्घाटन मन्तव्य आउँछ, त्यत्तिमै महाधिवेशन सकिन्छ। त्यसमा छलफल हुँदैन।’

उनका अनुसार आफ्नो निर्देशनात्मक सम्बोधनपछि छलफलका लागि समय हुनेछैन । ‘भ्यायौं भने महाधिवेशन पाँच–सात दिन लम्बिन सक्छ, तर त्यो हामीले धान्न सक्दैनौं,’ ओलीले भने।

अहिलेको अवस्थामा लामो महाधिवेशन आवश्यक नरहेको उल्लेख गर्दै उनले भने, ‘अहिले मुख्य काम विघटित प्रतिनिधिसभा पुनर्स्थापना हो। त्यसपछि हामी सुविस्तासँग नीति निर्माण र कार्यान्वयनको काम गरौंला। अहिले राष्ट्रिय राजनीतिको चुरो कुरा यही हो — प्रतिनिधिसभा पुनर्स्थापना र त्यसबाट उपलब्धि हासिल गर्नु।’

नेतृत्व चयन र पार्टी पुनर्गठनको विषय उठाउँदै केही नेताहरूले उपद्रव मच्चाएकाले मात्रै महाधिवेशन एक वर्षअगाडि सारिएको उनले बताए।

‘केही साथीहरूले नेतृत्व चयनको कुरा उठाएको तपाईंहरूले सुन्नुभएकै छ,’ ओलीले भने, ‘पार्टीमा पुनर्गठन चाहियो भनेर केही साथीहरूले अनुशासनहीन ढंगले उपद्रव मच्चाएकाले एक वर्षपछि गर्ने महाधिवेशन यसपालि अघि सारेका हौं।’

उनले थपे, ‘काम नगर्नेहरू गए हुन्छ, काम गर्ने बसे हुन्छ। कसले काम गरेको छ, कसले गरेको छैन भन्ने कुरा कार्यकर्ताहरूले राम्ररी देखेका छन्। को अडिएको छ, को लडेको छ, कार्यकर्ताहरूले सबै मूल्यांकन गर्छन्।’



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट