Techie IT
२०८२ फागुन ८, शुक्रबार

नवनियुक्त मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले लिए सपथ


राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार, मन्त्रिपरिषद्को सिफारिसअनुसार संविधानको धारा १६३ को उपधारा (२) बमोजिम कर्णलाई नियुक्त गरिएको हो।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति थियो। सोमबारको मन्त्रिपरिषद् बैठकले पूर्व प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको थियो। भण्डारीले संविधान विपरीत सर्लाही बर्दिवासमा नेकपा एमालेका सरोज कुमार यादवलाई एकाबिहानै मुख्यमन्त्री नियुक्त गरेर होटलमै शपथ गराएकी थिइन्।

भण्डारीको कदमको विरोधमा सोमबार मधेश प्रदेशको मुकाम जनकपुर तनावग्रस्त बनेको थियो। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट