Techie IT
२०८२ कार्तिक २५, मंगलबार

उपेन्द्र यादवले गरे अशोक राई सँग पार्टी एकताका लागि प्रस्ताव


जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टी एकताका लागि जसपा नेपालका अध्यक्ष अशोक राईलाई प्रस्ताव गरेका छन्।

२०८१ वैशाखमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर अशोक राईले नयाँ जसपा गठन गरेका थिए। डेढ वर्षपछि यादवले ‘घर फर्क अभियान’ अन्तर्गत पार्टीका शीर्ष नेताहरूमार्फत राईलाई एकताका लागि प्रस्ताव पठाएका हुन्।

जसपा नेपालका महासचिव इस्तियाक राईले प्रस्ताव आएको कुरा स्वीकार गर्दै भने, “एकता र सहकार्यका लागि प्रस्ताव आएको हो। जसपा नेपालका शीर्ष नेताहरू हाम्रोसँग कुरा गर्न आएका छन्, त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ।”  तर, उनले जसपा नेपालको प्राथमिकता एकता भन्दा मोर्चा र कार्यगत सहकार्यमा रहेको बताएका छन् ।

“विगतमा भएका एकता मधेसमा टिकेका छैनन्। बरु अधिकार र पहिचानको मुद्दामा एकसाथ लड्न मोर्चाबन्दी र कार्यगत एकता गरेर अगाडि बढ्न सकिन्छ भनेर हामीले जवाफ दिएका छौँ,” उनले भने।

कात्तिक २० गते जसपाको सम्पन्न केन्द्रीय समितिको बैठकमा पनि एकता र सहकार्यको विषयमा छलफल भएको थियो। आगामी कार्यकारिणी समितिको बैठकमा कुन पार्टीसँग एकता गर्ने वा नगर्ने निर्णय गरिनेछ।

साथै, जसपा नेपालले अशोक राईको पार्टीसँग मात्र नभई महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालसँग पनि एकताका लागि पहल थालेको छ। उपेन्द्र यादव र महन्थ ठाकुरबीच नियमित छलफल भइरहेकाले मधेसी राजनीतिक दलहरूलाई पुनः गोलबद्ध गर्ने प्रयास जारी छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट