कुलमानको पार्टीको केन्द्रिय सदस्यमा नाम आएपछि टासीले भनिन् - "म कुनै दलमा आबद्ध छैन"
टासी ल्हान्जोम
ऊर्जामन्त्री कुलमान घिसिङसँग सम्बन्धित दल ‘उज्यालो नेपाल’को केन्द्रीय कमिटी सूचीमा टासी ल्हान्जोमको नाम रहेकाे देखिएको छ । तर, उनले अहिलेसम्म कुनै दलमा आबद्ध नभएको बताएकी छन् ।
सो पार्टीले आजमात्रै निर्वाचन आयोगमा विधान र केन्द्रीय कमिटीको सूचीसहित निवेदन दिएको हो । उक्त सूचीमा विवेकशील पार्टी छाडेका र पहिचानवादी आन्दोलनमा संलग्न नेताहरू समेत समावेश छन् । सूचीमा टासी ल्हान्जोमको नाम पनि देखिन्छ ।
पार्टी निर्माण प्रक्रियाको अग्रपंक्तिमा रहेका जितराम लामाको दाबी अनुसार, केन्द्रीय कमिटीमा रहेकी टासी ल्हान्जोम उनी नै हुन् । तर, टासी ल्हान्जोमले भने, “मसँग सामान्य कुराकानी भएको हो, तर अहिलेसम्म कुनै दलमा आबद्ध भइसकेको छैन ।”



तपाईको प्रतिक्रिया दिनुहोस