Techie IT
२०८३ असार २७, शनिबार

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि जारी


नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ। तिहारअघि सुरु भएको बैठक अझैसम्म जारी छ।

विशेष महाधिवेशन वा नियमित महाधिवेशनबारे निर्णय नहुँदा नेताहरूबीच मतभेद देखिएको छ। केही नेताहरूले आगामी निर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने माग राखेका छन् भने कतिपयले निर्वाचनपछि मात्रै गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

पार्टी सभापति शेरबहादुर देउवा उपचारका लागि विदेशमा रहेका कारण कार्य सम्पादन र निर्णय प्रक्रियामा नेताहरूले कठिनाइ भोगिरहेका छन्। बैठकमा संसद् पुनर्स्थापना, निर्वाचनको तयारी र महाधिवेशन निर्वाचनअघि गर्नेजस्ता विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट