Techie IT
२०८३ असार २७, शनिबार

प्रतिनिधि सभा चुनावका लागि आचारसंहिताको मस्यौदा सार्वजनिक


आगामी प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिताको मस्यौदा तयार गरेको छ।

आयोगले बिहीबार ‘निर्वाचन आचारसंहिता, २०८२’ को मस्यौदा सार्वजनिक गर्दै विभिन्न पक्षबाट राय र सुझाव दिन आग्रह गरेको हो।

आयोगका अनुसार प्राप्त सुझावका आधारमा मस्यौदामा आवश्यक परिमार्जन गरेर अन्तिम रूप दिइनेछ। मस्यौदामा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, मितव्ययी र भयमुक्त बनाउन आचारसंहिता आवश्यक रहेको उल्लेख गरिएको छ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ मा आचारसंहितासम्बन्धी प्रावधान रहेको र सोही कानुनी आधारमा यो मस्यौदा तयार गरिएको आयोगले जनाएको छ।

आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तोकिएको छ। आयोगले हरेक निर्वाचनमा जस्तै, मतदान मितिअघि ४५ दिनअघिदेखि आचारसंहिता लागू गर्ने परम्परा यसपालि पनि कायम रहने जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट