Techie IT
२०८२ कार्तिक ३०, आइतबार

निर्वाचनको कुनै विकल्प छैन - अध्यक्ष उपेन्द्र यादव


जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा निर्वाचनको कुनै विकल्प नभएको बताएका छन्।

भैरहवामा आयोजित जसपाको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारको पहिलो दायित्व नै निर्वाचन सम्पन्न गराउने भएकाले त्यसका लागि आवश्यक वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष यादवले अहिले देशमा सुरक्षाको अवस्था बदतर बन्दै गएको भन्ने सर्वसाधारणको चिन्ता बढिरहेको उल्लेख गर्दै सरकारले त्यसतर्फ गम्भीर ध्यानदिनुपर्ने बताए। उनले भने, ‘यो सरकारको दायित्व नै निर्वाचन गराउनु हो। जनतालाई सुरक्षा दिने प्रहरी प्रशासन नै भयभित हुने अवस्था अन्त्य गरेर निर्वाचनको वातावरण बनाउनुपर्छ, अनि मात्रै निर्वाचन सम्भव हुन्छ।’

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवले लोकतन्त्रमा जनताको प्रतिनिधि सरकारमा हुनुपर्ने भन्दै जनसङ्ख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन् ।

उनले निर्वाचन प्रणालीमा सुधार गरी पार्टी र उम्मेदवारले अत्यधिक खर्च गर्न नपर्ने व्यवस्था मिलाउनुपर्ने र सङ्घीय शासन संरचना प्रभावकारी बनाउन प्रदेश सरकारलाई अझ अधिकारसम्पन्न बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट