Techie IT
२०८३ जेष्ठ ४, सोमबार

दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन


प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्ने आयोगद्वारा तोकिएको समयसीमा आज साँझ कार्यालय समयसँगै सकिँदैछ। फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन लक्षित गरी निर्वाचन आयोगले राजनीतिक दल दर्ताको प्रक्रिया अघि बढाएको थियो।

यो अवधिमा धेरै नयाँ दलहरूले आयोगमा दर्ता गराइसकेका छन्। केहीले प्रमाणपत्र प्राप्त गरिसकेका छन् भने प्रक्रियामा रहेका दलहरूले आज प्रमाणपत्र लिनुपर्नेछ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म आधिकारिकता पाएका दलहरूको संख्या १२६ पुगेको छ। दल दर्ताको अन्तिम संख्या आजै टुंगो लाग्ने आयोगले जनाएको छ।

यस्तै, प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने समय मंसिर १ गतेदेखि १० गतेसम्म तोकिएको निर्वाचन आयोगले जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट