Techie IT
२०८२ फागुन ८, शुक्रबार

नेपाल र नेपालीको मनोबल इतिहासमै सबभन्दा कमजोर अवस्थामा छ - पूर्व प्रधानमन्त्री भट्टराई


पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र नेपाली समाज हाल इतिहासकै सबभन्दा कमजोर र अन्योलपूर्ण अवस्थामा रहेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले राष्ट्रको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै लेखे- “नेपाल र नेपाली राष्ट्र, राज्य, समाज, अर्थतन्त्र, लोकतन्त्र, संस्कृति र मनोबल यतिवेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थिर र अन्योलको अवस्थामा छन्।”

उनका अनुसार, यस्तो कठिन घडीमा परस्पर आरोप–प्रत्यारोप र आन्तरिक द्वन्द्व होइन, एकताबद्ध प्रयास आवश्यक छ। उनले भने,
“घरमा आगो लागेको बेला को ठूलाे कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा गर्ने समय होइन। सबै मिलेर आगो निभाउने र नयाँ, अझ सुन्दर घर बनाउने सङ्कल्प गर्ने बेला हो।”

डा. भट्टराईले सबै राजनीतिक शक्ति र जिम्मेवार व्यक्तिहरूले गम्भीर आत्मसमीक्षा गर्न सके मात्र देशलाई सही दिशातर्फ लैजान सकिने उल्लेख गरे। आत्मसमीक्षा नगर्ने हो भने इतिहासले कसैलाई क्षमा नगर्ने चेतावनी पनि उनले दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट