Techie IT
२०८३ असोज २०, मंगलबार

एकीकृत समाजवादीको केन्द्रीय बैठकमा घोषणापत्र र सङ्गठन विस्तारमा छलफल


नेकपा एकीकृत समाजवादीको पुनर्गठन अभियान केन्द्रीय कमिटी बैठकले सङ्गठन विस्तार र राजनीतिक घोषणापत्रसम्बन्धी तयारीमा छलफल गरेको छ।

संयोजक घनश्याम भुसालको अध्यक्षतामा शनिबार बसेको बैठकले सङ्गठन विस्तारदेखि राजनीतिक घोषणापत्र तयार पार्ने प्रक्रियासम्मका विषयमा छलफल गरेको प्रचार विभाग प्रमुख दामोदर अर्यालले जानकारी दिए।

अर्यालका अनुसार, बैठकमा प्रस्तुत राजनीतिक घोषणापत्र र विधानका प्रारम्भिक खाकाबारे विस्तृत छलफल भएको थियो।छलफलमा उठेका बुँदाहरू समेटेर संयोजक भुसालले आगामी बैठकमा राजनीतिक घोषणापत्र तथा विधानको मस्यौदा पुनः प्रस्तुत गर्ने निर्णय बैठकले गरेको छ।

पुनर्गठन अभियान अन्तर्गत जिल्ला तथा स्थानीय कमिटीहरूलाई सकेसम्म छिटो व्यवस्थित र विस्तार गर्ने निर्णय पनि बैठकले गरेको अर्यालले बताए।

यस्तै, अभियानले मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने तयारी पनि गरिरहेको छ। बैठकले कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्त शक्तिहरूसँग सहकार्यका लागि संयोजक भुसाललाई जिम्मेवारी दिने निर्णय गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट