Techie IT
२०८२ मंसिर ४, बिहीबार

रवि–छविको मुद्दा उच्च अदालत बुटवलमा स्थगित


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा उच्च अदालत बुटवलको ३ नम्बर इजलासमा पेसी तोकिएको भए पनि बुधबार स्थगित गरिएको छ।

न्यायाधीश मिलनकुमार राई र सानुमाया डङ्गोलको संयुक्त इजलासमा परेको मुद्दा लामिछाने पक्षका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगित गरिएको हो।

उच्च अदालत बुटवलका उप–रजिष्ट्रार यज्ञमूर्ति ज्ञवालीका अनुसार गोलाप्रथाबाट ३ नम्बर इजलासमा मुद्दा परेको भए पनि निवेदन आएपछि पेसी स्थगित गरिएको हो।

यसअघि सहकारी ठगी तथा सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनीहरूको मुद्दाको मूल मिसिल झिकाउन उच्च अदालत तुलसीपुर–बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले आदेश दिएको थियो।

बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरिसकेका छन्। तर जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्ने माग अस्वीकार गरेको थियो।

जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए। अदालतले लामिछाने र जोशीको मुद्दा एउटै साथ हेर्न यसअघि नै आदेश दिइसकेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट