Techie IT
२०८२ मंसिर २०, शनिबार

मधेसवादी दलको कार्यशैलीले मधेसको बदनाम भयो - प्रभु साह


File Photo

आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मधेसवादी दलहरूको कार्यशैलीका कारण मधेस बदनाम र उजाड बनेको आरोप लगाएका छन्। महोत्तरीको बर्दिवासमा आज आयोजित आजपा क्षेत्र नं. १ को भेलामा बोल्दै उनले समृद्ध मधेस निर्माण गर्ने चाहना मधेसवादी दलमा नभएको बताए।

उनका अनुसार मधेसवादी दलहरू सरकार बनाउने–गिराउने खेलमा रमाइरहेकाले विकासका मूल एजेन्डा उपेक्षा भएका हुन्। मानव विकास सूचकाङ्कमा मधेस पछाडि रहे पनि सरकारले चासो नदेखाएको उल्लेख गर्दै उनले मधेसवादी दलहरू सत्तामा जान र रमाउन मात्रै सक्रिय रहेको टिप्पणी गरे।

साहले शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, यातायातजस्ता समस्यामा मधेसवादी दल मौन बसेको र काम नगरेका कारण जनता निराश भएको बताएका छन् । उनले आम जनता पार्टीले जनचाहना र आवश्यकताका एजेन्डा उठाउँदै आएको दाबी गर्दै आगामी दिनमा मधेसका लागि ठोस काम गर्ने प्रतिबद्धता जनाए।

उनले मौलापुर नगरपालिकामा लागू गरिएको निःशुल्क खानेपानी, विद्युत, शून्य कर नीति, शिक्षा–स्वास्थ्य तथा अन्य सेवा सुविधाका मोडेललाई सम्पूर्ण मधेस र नेपालभर विस्तार गर्ने योजना आफूहरूसँग रहेको बताएका छन्। “मधेस समृद्ध बनाउन सकिन्छ, त्यसका लागि आम जनताको साथ आवश्यक छ,” साहले भने।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट