Techie IT
२०८२ माघ ११, आइतबार

दिगो विकासका लागि प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य: सीके राउत


जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले देशको राजनीतिक निकास र दिगो विकासका लागि नयाँ गणतन्त्र र प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य रहेको बताएका छन्।

प्रेस जनमत सङ्घले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरिएको पार्टी घोषणापत्रमार्फत सङ्घ, प्रदेश र स्थानीय तहमा देखिएका संरचनागत समस्याको समाधानका लागि स्पष्ट खाका प्रस्तुत गरिएको बताएका छन् ।

अध्यक्ष राउतले सुशासन र समृद्धिको यात्रालाई तीव्र बनाउँदै देशको विकास र राजनीतिक निकासका लागि जनमत पार्टीले नयाँ गणतन्त्रको ‘एजेन्डा’ अघि सारेको उल्लेख गरे। उनले जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र विज्ञहरू सम्मिलित मन्त्रिपरिषद् गठन भए भ्रष्टाचार नियन्त्रणमा मद्दत पुग्ने दाबी गरेका छन् ।

“देश अहिले बहुआयामिक सङ्कटमा छ। संविधानमाथि नै धावा बोलिएको छ। त्यसैले सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ,” उनले भने।

प्रदेशको पूर्ण स्वायत्तताका विषयमा जनमत पार्टीले मधेसलगायत सबै प्रदेशलाई शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, साधन–स्रोत र प्रशासनिक अधिकार पूर्ण रूपमा हस्तान्तरण गर्नुपर्ने धारणा अघि सारेको उनले बताए।

पत्रकार सम्मेलनमार्फत घोषणापत्र सार्वजनिक गर्दै सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका राउतले रोजगारी सिर्जना, प्रशासनिक सुधार र जनमुखी विकासका कार्यक्रम अघि सारे पनि प्रदेशलाई पूर्ण अधिकार नदिएसम्म समस्या समाधान नहुने बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट