Techie IT
२०८३ असोज १४, बुधबार

बर्दियामा रास्वपा सम्पर्क कार्यालय उद्घाटन


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह सोमबारदेखि पश्चिम तराई क्षेत्रमा सक्रिय छन्।

झापा–५ मा मनोनयन दर्ता गरी पूर्वी पहाडको भ्रमण सकेर फर्किएका शाह सोमबार सुदूरपश्चिम जाने क्रममा काठमाडौंबाट प्रस्थान गरेका थिए।

मंगलबार (आज) दिउँसो मात्रै सुदूरपश्चिम पुग्ने कार्यक्रम रहेकाले त्यसअघि उनी बाँके र बर्दियामा विभिन्न कार्यक्रममा सहभागी हुँदै समर्थकहरूसँग भेटघाट गरिरहेका छन्।

यसै क्रममा मंगलबार बिहान उनले बर्दिया–२ स्थित राजापुरमा खोलिएको रास्वपाको सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। साथै बर्दियाको प्रसिद्ध ठाकुरबाबा मन्दिरमा दर्शनसमेत गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट