Techie IT
२०८३ असोज १४, बुधबार

निर्वाचनमा बहुमत ल्याउने वामदेव गौतमको दाबी, बेरोजगारी अन्त्य गर्ने प्रतिवद्धता


नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत हासिल गर्ने दाबी गरेका छन्।

आज काठमाडौँमा आयोजित क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका एकता पक्षसँगको समायोजन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

नेता गौतमले निर्वाचनमा विजयी भएपछि समाजवादको आधार तयार पार्दै बेरोजगारी समस्या अन्त्य गर्ने सरकार गठन गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले वामपन्थी शक्तिहरूबीचको एकतालाई अघि बढाउँदै हरेक विद्रोहलाई शान्तिपूर्ण रूपमा रूपान्तरण गर्ने अभियान सञ्चालन गरिरहेको पनि बताए।

गौतमले भने, “अब यो विद्रोहलाई पनि शान्ति दिन सक्ने क्षमतासहित हाम्रो पार्टी विकसित भइसकेको छ। यही फागुन २१ गते हुने निर्वाचनमा हाम्रो पार्टीले बहुमत हासिल गर्छ। बहुमत प्राप्त गर्नासाथ समाजवादको आधार कसरी सृजना हुन्छ भन्ने हामी गरेर देखाउनेछौँ। कुनै पनि व्यक्ति काम नपाएर बेरोजगार हुनुपर्ने अवस्था सदाका लागि अन्त्य हुनेछ। सभ्यता र समृद्धि हामी हासिल गरेर देखाउनेछौँ।”

उनले साना–साना दलहरूलाई एकत्रित गर्दै आफ्नो पार्टीलाई ‘समुद्र’ जस्तै व्यापक शक्ति बनाउने अभियानमा रहेको समेत उल्लेख गरे।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट