Techie IT
२०८३ वैशाख २१, सोमबार

निर्वाचन आयोगको दबाबपछि कान्तिपुरको ‘रेट इकान्तिपुर’ बन्द


कान्तिपुर मिडिया ग्रुपले नेताहरूको मूल्याङ्कन गर्ने ‘एप्रुभल रेटिङ’ वेबसाइट rate.ekantipur.com बन्द गरेको छ। सोमबार कान्तिपुरले आफ्नो साइटमार्फत सूचना प्रकाशित गर्दै उक्त रेटिङ सेवा रोकिएको जनाएको हो।

नेताहरूको रेटिङप्रति निर्वाचन आयोग र प्रेस काउन्सिलले व्यक्त गरेको सरोकारलाई सम्बोधन गर्दै यो रेटिङ बन्द गरिएको छ ।

निर्वाचन आयोगले यसलाई आचारसंहिता विपरीत भएको भन्दै नेपाल प्रेस काउन्सिललाई पत्र लेखेको थियो। आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले सर्वेक्षण गर्ने तथा एप्रुभल रेटिङ गर्ने वेबसाइटहरूबारे छलफलसमेत गरेको थियो।

आयोगले यसअघि ‘रेट माइ नेता’ (ratemyneta.com), एक्जिट पोल नेपाल (exitpollnepal.com), नेपाल पोल (neppoll.com), एचओआर–२०२६ (hor-2026.vercel.app), नेपाल राइट्स (elections.nepalwrites.com) र पोलिमार्केट (polymarket.com/event/Nepal-house-of-representatives-election-winner) गरी छ वटा वेबपोर्टल ब्लक गर्न पत्राचार गरेको थियो।

आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सामाजिक सञ्जालमा फैलिरहेको मिथ्या सूचना रोक्न आयोग सक्रिय रहेको बताएका थिए। उनका अनुसार १२२ वटा सामाजिक सञ्जाल पोस्टबारे कारबाही गर्न साइबर ब्युरोलाई, १५ वटा प्रकाशित सामग्रीबारे प्रेस काउन्सिललाई र छ वटा दुष्प्रचार गर्ने वेबसाइट बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको छ।

निर्वाचन आयोगले यस्ता वेबसाइटहरूले आचारसंहिताको दफा ४ (त) उल्लंघन गरेको उल्लेख गर्दै कारबाही प्रक्रिया अघि बढाएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट