Techie IT
२०८२ माघ २०, मंगलबार

नयाँ नामको हल्ला मात्रै, भिजन एमालेसँग छः पीएस गुरुङ


एमाले उपाध्यक्ष पीएस गुरुङले पुराना राजनीतिक दलहरू असान्दर्भिक नभएको दाबी गरेका छन्। प्रेस चौतारीद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनताले नयाँ अनुहारभन्दा सुधारिएका दल, स्पष्ट भिजन र ठोस नीति खोजिरहेको बताए।
उनले भने, ‘हामी चुनावी मैदानमा होमिइसकेका छौँ तर बजारमा “नयाँ” भन्ने हल्ला चलिरहेको छ। नयाँ भनेको अनुहारमा हो कि विचारमा हो ? जनताले नयाँ अनुहार होइन, सुधारिएको पार्टी खोजेका हुन्। परिष्कृत दृष्टिकोण र नीतिसहित अघि बढेका पार्टी र नेता चाहेका छन्।’

गुरुङले अहिले नेपालको संविधान र राजनीतिक व्यवस्थामाथि आक्रमण भइरहेको आरोप लगाउँदै स्वाधीन नेपालका पक्षमा उभिएको एमाले भएकाले आफूहरूमाथि सबैभन्दा बढी प्रहार भइरहेको दाबी गरे। ‘हामीसँग अनुभव, परिपक्वता र ठोस नीति छ। मुलुक चलाउनसक्ने हिम्मत र अठोट पनि हामीसँग छ। स्पष्ट भिजन बोकेको पार्टी एमाले हो,’ उनले थपे।

उनले नेपाली कांग्रेसमा सभापतिसहित पदाधिकारीमा नयाँ अनुहार आएको भए पनि नयाँ सोच, नीति र कार्यक्रम नदेखिएको टिप्पणी गरेका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन शाहले जनताको प्रत्यक्ष सामना गर्न नसक्ने दाबी गर्दै गुरुङले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने प्रयास भइरहेको आरोप लगाए र पार्टी पंक्तिलाई सचेत रहन आग्रह गरे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट