Techie IT
२०८२ माघ २१, बुधबार

कांग्रेसले तोक्यो ७७ जिल्लामा यी चुनावी कमाण्डर


नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिले देशभरका सबै ७७ जिल्लामा चुनावी कमाण्डर तोकेको छ।

गत माघ १ गते सम्पन्न विशेष महाधिवेशनकै क्रममा चुनावी कमाण्डर नियुक्त भएका शर्माले मंगलबार प्रदेशगत आधारमा जिल्लाहरूको जिम्मेवारी बाँडफाँट गरेका हुन्। कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णयसमेत गरेको छ।

यसअघि सभापति गगन थापाको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र तयारी गर्ने निर्णय भइसकेको थियो। माघ १ गते ललितपुरको कुपन्डोलमा बसेको केन्द्रीय कार्यसमिति बैठकले शर्मालाई निर्वाचन कमाण्डर बनाएको थियो। सोही निर्णयअनुसार उनले सबै जिल्लाका लागि जिम्मेवारी तोकेका हुन्।

कुन जिल्लामा को कमाण्डर ?
कोशी प्रदेश
ताप्लेजुङ, पाँचथर, इलाम, झापा: डा. डिला संग्रौला, भीष्मराज आङदम्वे, सुधीरकुमार शिवाकोटी, सुरेश सुब्बा

संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ, सुनसरी: अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ, उमेशजंग रायमाझी

सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरी, सिरहा: वसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई, धर्म नेपाली दर्जी

बागमती प्रदेश
धादिङ, रसुवा, नुवाकोट, काठमाडौं: बहादुरसिंह (लामा) तामाङ, डा. केदारनरसिंह केसी, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, जीतनारायण श्रेष्ठ, डा. अमिता प्रधान

काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर, मकवानपुर: जीपछिरिङ लामा, हरिशरण नेपाली, उर्मिला थपलिया, उमा दाहाल, गीता सत्याल

भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, चितवन: अर्जुननरसिंह केसी, दिलमान पाख्रिन, धना खतिवडा, मथुराप्रसाद घिमिरे, धर्मराज गौतम

गण्डकी प्रदेश
पर्वत, म्याग्दी, मुस्ताङ, बाग्लुङ: चीनकाजी श्रेष्ठ, मनकुमारी गुरुङ, कृष्णबहादुर केसी, चिनु पोखरेल

स्याङ्जा, कास्की, मनाङ, नवलपुर: ध्रुव वाग्ले, जगदीशचन्द्र उपाध्याय, मनकुमारी गुरुङ, किरणराज शर्मा पौडेल

गोरखा, लम्जुङ, तनहुँ: अब्दुल सत्तार, रेशम वानियाँ, शारदा पौडेल, सरस्वती अर्याल तिवारी

लुम्बिनी प्रदेश
रुपन्देही, पाल्पा, नवलपरासी, गुल्मी: डा. गोपाल दहित, गेहेन्द्र गिरी, प्रदीप शर्मा, राजेन्द्रगोपाल सिंह

कपिलवस्तु, अर्घाखाँची, रुकुम (पूर्व), प्यूठान, रोल्पा: कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मिकी, छन्दबहादुर पहराई मगर, केशव आचार्य

दाङ, बाँके, बर्दिया: चन्द्रबहादुर केसी, कमलप्रसाद भुसाल, राधेश्याम पाठक, रुपा विक

कर्णाली प्रदेश
सुर्खेत, सल्यान, रुकुम (पश्चिम), जाजरकोट, डोल्पा: नारायणप्रसाद भट्टराई, रामदेवी खड्का, सूर्यबहादुर विक, रंगमति शाही

दैलेख, कालिकोट, जुम्ला, मुगु, हुम्ला: जानकी सिंह, दीपकजंग शाह, तीर्थजंग शाही, छायाँ सुनार, मानवबहादुर नेपाली, कान्तिका सेजुवाल

सुदूरपश्चिम प्रदेश
कञ्चनपुर, बैतडी, दार्चुला, बझाङ: हिमबहादुर रावल, निपा चोख्याल, विद्यादेवी तिमिल्सिना

कैलाली, डडेल्धुरा: जगतप्रसाद जोशी, सुनिता राना, डा. रणबहादुर रावल, नृपबहादुर वड

डोटी, अछाम, बाजुरा: नरेन्द्र भट्ट, सम्झना खत्री, सुशीला मिश्र भट्ट



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट