Techie IT
२०८३ असार ७, आइतबार

काठमाडौं–१ मा स्वतन्त्र उम्मेदवार माण्डव्यले गरे राप्रपा उम्मेदवार मिश्रलाई समर्थन


काठमाडौं क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार तथा राष्ट्रिय पोशाक र झण्डा अभियानका अभियन्ता राजानन्द माण्डव्यले आफ्नो उम्मेदवारी फिर्ता लिँदै राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई समर्थन गर्ने भएका छन्।

माण्डव्यले मंगलबार दिउँसो पत्रकार सम्मेलन आयोजना गरी उक्त घोषणा गर्ने तयारी रहेको राप्रपा नेता मिश्रले जानकारी दिए। मिश्रका अनुसार राष्ट्रिय प्रेस क्लब, अनामनगरमा हुने पत्रकार सम्मेलनमार्फत माण्डव्यले औपचारिक रूपमा मिश्रको समर्थन गर्ने घोषणा गर्नेछन्।

राप्रपाले पत्रकारहरूलाई उक्त कार्यक्रममा उपस्थित हुन निमन्त्रणा गर्दै काठमाडौं–१ मा आगामी निर्वाचनको सन्दर्भमा नयाँ राजनीतिक समीकरण देखिन सक्ने संकेत गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट