Techie IT
२०८२ माघ २८, बुधबार

प्रत्येक सदस्यबाट १ हजार उठाउदै नेपाली कम्युनिष्ट पार्टी


संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपाल

नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनका लागि सहयोग जुटाउन प्रत्येक पार्टी सदस्यबाट न्यूनतम एक हजार रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ।

संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालद्वारा जारी अपानिमा प्रत्येक पार्टी सदस्यले निर्वाचन सहयोगस्वरूप सम्बन्धित निर्वाचन क्षेत्रको निर्वाचन परिचालन समितिलाई कम्तीमा रु. १,००० (अक्षरूपी एक हजार) सहयोग गर्नुपर्ने उल्लेख गरिएको छ।

पार्टी सदस्यले बुझाएको सहयोगको विवरण अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा पठाउन मातहतका सबै कमिटीलाई निर्देशन दिइएको छ। साथै संकलित रकममध्ये २५ प्रतिशत केन्द्रीय कार्यालयको कोषमा जम्मा गर्ने र बाँकी रकम मितव्ययी तथा पारदर्शी ढङ्गले परिचालन गरिने अपानिमा जनाइएको छ।

निर्वाचन आयोगको निर्देशनअनुसार उम्मेदवार र पार्टीले निर्वाचन परिचालन प्रयोजनका लागि बैंक खाता खोल्ने, त्यसै खातामार्फत सहयोग रकम जम्मा तथा खर्च गर्ने व्यवस्था मिलाइने पनि स्पष्ट पारिएको छ।

अपानिमा भनिएको छ, “निर्वाचन प्रयोजनका लागि आर्थिक सहयोग रसिद केन्द्रीय कार्यालयबाट प्राप्त गर्न सकिनेछ। सुविधाका लागि सम्बन्धित निर्वाचन क्षेत्रले केन्द्रीय कार्यालयलाई जानकारी गराई आफैं सहयोग रसिद छाप्न सक्नेछ।”

साथै केन्द्रीय कार्यालयबाट प्राप्त भएका वा सम्बन्धित समितिले छापेका सहयोग रसिदको पूर्ण विवरण, लगबुक, बुझिलिने व्यक्तिको विवरण, प्राप्त रकम र फिर्ता भएका रसिदको अभिलेख अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट