कांग्रेसको प्रतिज्ञापत्र जनकपुरधामबाट सार्वजनिक गरिने
नेपाली कांग्रेसले आज सार्वजनिक गर्ने तय गरेको चुनावी प्रतिज्ञापत्र बुधबारका लागि सारेको छ। संशोधित कार्यक्रमअनुसार अब मधेश प्रदेशको जनकपुरधाममा आयोजना हुने चुनावी सभामार्फत प्रतिज्ञापत्र सार्वजनिक गरिनेछ।
पार्टी प्रवक्ता देवराज चालिसेले आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र स्थगित गरिएको जानकारी दिए। उनका अनुसार फागुन ६ गते बुधबार जनकपुरधाममा हुने विशेष सभाबाट औपचारिक घोषणा गरिनेछ।
यद्यपि, पार्टीले आफ्नो चुनावी प्रतिज्ञापत्र (घोषणापत्र) भने आजै निर्वाचन आयोग मा बुझाउने तयारी गरेको छ।
आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूलाई आफ्नो घोषणापत्र आजभित्र अनिवार्य रूपमा बुझाइसक्न निर्देशन दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस