Techie IT
२०८२ फागुन ४, सोमबार

मतपत्र छपाइ अन्तिम चरणमा


आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ हुन बाँकी पाँच लाख मतपत्र आज दिनभरमै सम्पन्न गर्ने जनाएको छ।

केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार बागमती प्रदेशका लागि बाँकी मतपत्र आज साँझसम्म छपाइ सकिनेछ।

उनले प्रत्यक्षतर्फका दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा अब पाँच लाख मात्र बाँकी रहेको जानकारी दिएका छन् । “४२ दिनको कार्यतालिका लिएर सुरु गरेको छपाइ कार्य ४० दिनमै सम्पन्न हुँदैछ,” उनले भने। छपाइ सकिएलगत्तै भोलिसम्म प्याकिङ पूरा गरेर बाँकी जिल्लामा ढुवानी गरिनेछ।

केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै लक्ष्यभन्दा अगाडि काम सम्पन्न गरिरहेको जनाएको छ। हालसम्म १० लाख नमूना मतपत्र निर्वाचन आयोग ले विभिन्न स्थानमा पठाइसकेको छ। समानुपातिकतर्फका दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ र प्याकिङ सम्पन्न भई जिल्लामा पठाउने क्रम जारी छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबै मतपत्र पुगिसकेको र अन्य क्षेत्रमा पनि १२ गतेसम्म पुर्‍याउने लक्ष्यसहित काम भइरहेको प्रबन्ध सञ्चालक पौडेलले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट