Techie IT
२०८२ फागुन ४, सोमबार

नवलपरासी–१ मा चुनावी समीकरण उल्टियो: प्रलोपा उम्मेदवार रेग्मीको उम्मेदवारी फिर्ता


पश्चिम नवलपरासी क्षेत्र नं. १ मा चुनावी माहोल नाटकीय रूपमा फेरिएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार विनोद रेग्मीले उम्मेदवारी त्याग गर्दै नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई समर्थन गर्ने घोषणा गरेका छन्।

सोमबार जारी प्रेस विज्ञप्तिमार्फत रेग्मीले आफू चुनावी प्रतिस्पर्धाबाट अलगिएको जानकारी दिएका छन्। उनले फागुन २१ गते हुने आम निर्वाचनमा कांग्रेसको पक्षमा उभिने निर्णय गरेको उल्लेख गर्दै आफ्ना कार्यकर्ता र समर्थकलाई ‘रुख’ चिन्हमा मतदान गर्न आह्वान गरेका छन्।

रेग्मीले लोकतन्त्रको सुदृढीकरण र परिवर्तनको निरन्तरताका लागि कांग्रेसलाई जिताउनुपर्ने धारणा व्यक्त गरेका छन्।
“यस क्षेत्रमा कांग्रेसको पक्षमा स्पष्ट जनसमर्थन देखिएको छ। त्यसलाई सम्मान गर्दै मैले कांग्रेसलाई समर्थन गर्ने निर्णय लिएको हुँ” उनले विज्ञप्तिमा भनेका छन्।

२०७९ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगी विनोद चौधरीके विकास र आर्थिक रूपान्तरणको एजेन्डासहित पुनः प्रतिस्पर्धामा छन्।

रेग्मीको समर्थनसँगै क्षेत्र नं. १ मा कांग्रेसको चुनावी समीकरण थप मजबुत बनेको विश्लेषण गरिएको छ। अब यो क्षेत्रमा कांग्रेसको जित सुनिश्चित गर्ने रणनीतिमा थप बल पुगेको देखिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट