Techie IT
२०८३ असोज १४, बुधबार

चितवन–३ मा सोविताको फराकिलो अग्रता, रेनु दाहाल दोस्रो स्थानमा


चितवन–३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले फराकिलो अग्रता बनाएकी छन्।

हालसम्मको मतपरिणामअनुसार गौतमले ४,९४४ मत प्राप्त गर्दै अग्रस्थानमा छिन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले २,९६० मत प्राप्त गरेकी छन्।

त्यस्तै नेकपा (एमाले) का उम्मेदवार शंकरराज थपलियाले ८५२ मत पाएका छन् भने नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले ५५६ मत प्राप्त गरेका छन्।

प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतमले अन्य प्रमुख दलका उम्मेदवारलाई उल्लेख्य अन्तरले पछि पार्दै अग्रता कायम राखेकी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट