कञ्चनपुर -१मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता, विना मगर तेस्रो स्थानमा
कञचनपुर -१ निर्वाचन क्षेत्रमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जनकसिंह धामी अग्रस्थानमा रहेका छन्।
हालसम्मको मतपरिणामअनुसार धामीले १,८३० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार तारा लामा तामाङले १,५१९ मत ल्याएका छन्।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टीकी उम्मेदवार बीना मगरले १,०८९ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसका गोपी प्रसाद उपाध्यायले ६१३ मत पाएका छन्।
यसैगरी उज्यालो नेपाल पार्टीका माइकल तामाङले ३८२ मत प्राप्त गरेका छन्। प्रारम्भिक मतगणनामा धामीले अग्रता कायम राखेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस