Techie IT
२०८३ वैशाख १८, शुक्रबार

महिलामाथि नयाँ रूपका शोषण बढ्दै गएको छ : प्रचण्ड


नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल “प्रचण्ड”ले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च)को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन्।

आइतबार शुभकामना सन्देश जारी गर्दै उनले महिलाहरू समाज परिवर्तनका निर्णायक शक्ति भएको उल्लेख गरेका छन्। इतिहासका विभिन्न कालखण्डमा महिलाहरूले देखाएको अदम्य साहस, त्याग र बलिदानीपूर्ण संघर्षकै परिणामस्वरूप आजका महत्वपूर्ण अधिकारहरू प्राप्त भएको उनले बताएका छन्।

प्रचण्डले व्यवहारिक जीवनमा अझै पनि महिलामाथि हुने असमानता र हिंसा पूर्ण रूपमा अन्त्य हुन नसकेको यथार्थ औँल्याएका छन्। उनले भनेका छन्, “स्वतन्त्रता र अधिकारका नाममा बजारवादी पूँजीवादी संरचनाले महिलामाथि नयाँ–नयाँ रूपका शोषण र असमानता पनि सिर्जना गरिरहेको यथार्थ हाम्रो सामु छ।”

उनले अबका प्रयासहरू सबै प्रकारका शोषण र विभेदको अन्त्य गर्दै महिलालाई वास्तविक रूपमा समानता अनुभूति गराउने दिशामा केन्द्रित हुनुपर्ने बताए।

संविधानले सुनिश्चित गरेका अधिकारहरूको रक्षा गर्दै जनसंख्याको अनुपातअनुसार राज्यका सबै तह र संरचनामा महिलाको समानुपातिक तथा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन्।

प्रचण्डले समानता, सम्मान र सामाजिक न्यायमा आधारित समाज निर्माणको ऐतिहासिक अभियानमा जुट्न सबैमा आह्वान पनि गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट