Techie IT
२०८२ फागुन २७, बुधबार

समानुपातिक मतगणना सकियो : कुन दलको कति सिट आउला?


फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ।

गोरखा–१ र इलाम–१ को मतगणना सकिएसँगै समानुपातिकतर्फको सबै मतगणना समाप्त भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिएका छन् ।

उनका अनुसार मतगणना सकिए पनि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा औपचारिक विवरण पठाउने क्रम भने जारी रहेको छ।

मतगणना सम्पन्न भएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट संख्या निर्धारण गर्ने प्रक्रिया पनि सुरु गरिएको आयोगले जनाएको छ। केही दिनभित्रै यो प्रक्रिया टुंगोमा पुग्ने बताइएको छ।

यसैबीच आज बिहान ११ बजेसम्म समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ मत गणना भएको आयोगले जनाएको छ।

गणना भएको मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजार २३५ मतसहित स्पष्ट अग्रस्थानमा रहेको छ।

त्यस्तै नेपाली काँग्रेस ले १७ लाख ४९ हजार ५८३, नेकपा (एमाले) ले १४ लाख ४८ हजार ८५४, नेपाली कम्युनिष्ट पार्टी ले ८ लाख ५ हजार ७७३, श्रम संस्कृति पार्टी ले ३ लाख ७८ हजार ६४९ र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ३ लाख २९ हजार ४७२ मत प्राप्त गरेका छन्।

अन्य अधिकांश दल भने समानुपातिकतर्फ आवश्यक थ्रेसहोल्ड पार गर्ने अवस्थामा देखिएका छैनन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट