Techie IT
२०८३ असार ७, आइतबार

चुनावमा धोका दिएको आरोपमा नेकपा बझाङद्वारा दुई जनप्रतिनिधिलाई स्पष्टिकरण माग


फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अन्य दललाई सहयोग गरी पार्टीलाई धोका दिएको आरोपमा नेपाली कम्युनिष्ट पार्टी बझाङ जिल्ला समितिले दुई जनप्रतिनिधिलाई स्पष्टिकरण सोधेको छ।

जिल्ला समितिले छविस पाथिभरा गाउँपालिकाका उपाध्यक्ष लछिमन बोहरा र मष्टा गाउँपालिकाका निर्वाचित वडा अध्यक्ष धर्म बहादुर धामी लाई पाँच दिनभित्र स्पष्टिकरण पेश गर्न पत्र पठाएको हो।

पार्टीका अनुसार प्रतिनिधिसभा निर्वाचनका क्रममा उनीहरूले अन्य राजनीतिक दललाई सहयोग गरी पार्टीको हितविपरीत गतिविधि गरेको आरोप लागेको छ।

निर्धारित पाँच दिनभित्र चित्त बुझ्दो स्पष्टिकरण जिल्ला पार्टी कार्यालयमा पेश नगरेमा थप कारबाही प्रक्रिया अघि बढाइने नेकपा नेता अक्कल बहादुर धामीले रैवारप्रेसलाई जानकारी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट