Techie IT
२०८३ वैशाख २३, बुधबार

समानुपातिक सांसद छान्न कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै


नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

बैठकको मुख्य कार्यसूची प्रतिनिधिसभाको समानुपातिक तर्फबाट निर्वाचित हुने उम्मेदवारको नाम टुंगो लगाउने रहेको छ।

निर्वाचन आयोगले समानुपातिकतर्फ विजयी दलहरूलाई आइतबारभित्र उम्मेदवारको नामावली बुझाउन समय दिएको छ।

यसपटक कांग्रेसले समानुपातिकतर्फ २० सिट जितेको छ। सोहीअनुसार समावेशी क्लस्टर मिलाएर २० जना उम्मेदवारको अन्तिम सूची तयार गरी निर्वाचन आयोगमा पठाउनका लागि कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट