Techie IT
२०८३ असार ६, शनिबार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशन सार्ने वारे के हुँदै छ छलफल?


नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको सहभागिता रहनेछ। सभापति गगन थापा पनि बैठकमा सहभागी हुने बताइएको छ।

यसअघि सभापति थापाले दिएको राजीनामा शुक्रबार र आइतबार बसेको केन्द्रीय समितिको बैठकले अस्वीकृत गरिसकेको छ।

आजको बैठकमा समय अभावका कारण वैशाखमा गर्ने भनिएको नियमित महाधिवेशन असोजमा सार्ने तयारीबारे मुख्य रूपमा छलफल हुने जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट