Techie IT
२०८२ चैत्र १३, शुक्रबार

बालेन सरकारलाई झट्का: अमरेशद्वारा उद्योगमन्त्री बन्न अस्वीकार


काठमाडौं । बालेन नेतृत्वको प्रस्तावित सरकार गठन प्रक्रियामा अप्रत्याशित मोड आएको छ। उद्योगमन्त्रीका लागि प्रस्तावित अमरेश कुमार सिंहले उक्त पद अस्वीकार गरेका छन्।

सिंहको सचिवालयका अनुसार उनले सपथग्रहण कार्यक्रममा समेत सहभागी नहुने निर्णय गरेका छन्। उनका स्वकीय सचिवले नेपाल प्रेसलाई दिएको जानकारीअनुसार सिंहले व्यक्तिगत तथा राजनीतिक कारण देखाउँदै मन्त्री पद नलिने अडान लिएका हुन्।

यस घटनाले बालेन नेतृत्वको सरकार गठन प्रक्रिया थप जटिल बन्न सक्ने संकेत देखिएको छ। अब उद्योग मन्त्रालय कसलाई दिने भन्ने विषयमा पुनः छलफल हुनुपर्ने देखिएको छ।

सरकार गठनकै सुरुवातमै आएको यो घटनालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट