Techie IT
२०८३ असोज १२, सोमबार

बालेन क्याबिनेटमा ५ महिला मन्त्री


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारमा मन्त्रीहरूको टुंगो लागेको छ। नयाँ मन्त्रीहरूले केहीबेरमै शीतल निवासमा शपथ लिने कार्यक्रम तय भएको छ।

बालेन नेतृत्वको मन्त्रिपरिषद्मा यसपटक ५ जना महिला मन्त्री समेटिएका छन्, जुन नेपालको राजनीतिक इतिहासमै उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको छ।

चितवन–३ बाट निर्वाचित सोविता गौतमलाई कानूनमन्त्रीको जिम्मेवारी दिइएको छ। उनी प्रत्यक्ष निर्वाचित प्रतिनिधि हुन् भने अन्य चार मन्त्री समानुपातिक प्रणालीबाट आएका छन्।

समानुपातिकतर्फबाट मन्त्री बन्नेहरूमा:

प्रतिभा रावल – सङ्घीय मामिला तथा सामान्य प्रशासन
गीता चौधरी – कृषि
सीता वादी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
निशा मेहता – स्वास्थ्य तथा जनसङ्ख्या

मन्त्रिपरिषद्मा महिलाको यस्तो उल्लेख्य उपस्थिति नेपालकै इतिहासमा पहिलोपटक देखिएको हो। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट