Techie IT
२०८२ चैत्र १३, शुक्रबार

बालेन सरकारमा मन्त्रालय पुनर्संरचना, यी मन्त्रालय गाभेर १६ मा सीमित


प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले मन्त्रालयहरूको संरचना पुनःसमीक्षा गर्दै केही मन्त्रालयहरू गाभेर कुल संख्या १६ मा सीमित गरेको छ।

प्रधानमन्त्री शाहले रक्षा र उद्योग वाणिज्य मन्त्रालय आफैं सम्हाल्ने निर्णय गरेका छन्। बाँकी १४ मन्त्री राष्ट्रपतिबाट सपथ ग्रहण गरेका छन्।

पुनर्संरचना अनुसार:

  • युवा तथा खेलकुद मन्त्रालयलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गाभिएको छ। जिम्मेवारी सस्मित पोखरेललाई दिइएको छ।
  • खानेपानी मन्त्रालयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभिएको छ। जिम्मेवारी निशा मेहताले पाएकी छन्।
  • वन तथा वातावरण मन्त्रालय पहिलोपटक खारेज भएर कृषि मन्त्रालयमा समाहित गरिएको छ। जिम्मेवारी गीता चौधरीले पाएकी छन्।
  • भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गाभिएको छ। जिम्मेवारी प्रतिभा रावललाई दिइएको छ। 

सरकारी स्रोतका अनुसार मन्त्रालय गाभेर कार्यकुशलता बढाउने र कामकाजमा समन्वय सुनिश्चित गर्ने उद्देश्य राखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट