Techie IT
२०८३ असोज १२, सोमबार

बालेन प्रधानमन्त्री बनेपछि मोदीको बधाई: ‘भारत र नेपालविच सहकार्य अझ उचाइँमा लैजाऔं’


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन्।

शुक्रबार शाहको नियुक्ति तथा शपथ ग्रहणपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै मोदीले बधाई सन्देश दिएका हुन्।

मोदीले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन नजिकबाट सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन्।

उनले लेखेका छन्, “नेपालका प्रधानमन्त्रीका रूपमा नियुक्त बालेन्द्र शाहलाई हार्दिक बधाई। तपाईंको नियुक्ति नेपाली जनताले तपाईंप्रति देखाएको विश्वासको प्रतिबिम्ब हो। दुवै देशका जनताको पारस्परिक हितका लागि भारत–नेपाल मैत्री र सहकार्यलाई अझ उचाइँमा पुर्‍याउन नजिकबाट काम गर्ने अपेक्षा राखेको छु।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट