Techie IT
२०८३ असार ६, शनिबार

बुढानीलकण्ठमा राजनीतिक हलचल: रवि र प्रभुबीच सहकार्यको संकेत


रास्वपा सभापति रवि लामिछाने र आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहबीच भेटवार्ता भएको छ।

मंगलबार बुढानीलकण्ठस्थित लामिछानेको निवासमा भएको उक्त भेटमा समसामयिक राजनीतिक अवस्था, विकास निर्माणका प्राथमिकता तथा राष्ट्रिय मुद्दाहरूमा गहन छलफल भएको जनाइएको छ।

स्रोतका अनुसार पछिल्लो जनादेशअनुसार देशको समग्र विकासका लागि सहकार्य गरेर अघि बढ्ने विषयमा पनि दुई नेताबीच सकारात्मक संवाद भएको छ।

यस्तै, मंगलबार नै राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले पनि लामिछानेसँग भेटवार्ता गरेका थिए, जसले पछिल्लो राजनीतिक भेटघाटलाई थप अर्थपूर्ण बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट