Techie IT
२०८२ चैत्र १८, बुधबार

ओलीको स्वास्थ्यमा नयाँ मोड: पित्तथैली शल्यक्रिया गर्ने–नगर्ने निर्णय हुदैँ


नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा देखिएको पत्थरीसम्बन्धी शल्यक्रिया गर्ने वा नगर्ने विषयमा आज निर्णय हुने भएको छ।

टिचिङ अस्पतालमा उपचाररत ओलीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूबीच छलफल जारी रहेको अस्पताल स्रोतले जनाएको छ। पिसाबमा संक्रमण भएको आशंकामा नमूना संकलन गरी ‘कल्चर रिपोर्ट’ परीक्षणका लागि पठाइएको छ, जसको नतिजा आज आउनेछ।

सोही रिपोर्टका आधारमा शल्यक्रिया आवश्यक छ वा छैन भन्नेबारे चिकित्सकहरूले अन्तिम निर्णय गर्ने बताइएको छ।

यसैबीच, भदौ २३ गतेको घटनासँग सम्बन्धित छानबिनका लागि गठित जाँचबुझ आयोगले मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ र १८२ अनुसार अनुसन्धान तथा अभियोजन अघि बढाउन सिफारिस गरेको थियो। सोही सिफारिस कार्यान्वयन गर्ने सरकारी निर्णयपछि प्रहरीले शनिबार बिहान ओलीलाई पक्राउ गरेको थियो।

पक्राउपछि स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल लगिएका उनलाई स्वास्थ्य समस्या देखिएपछि भर्ना गरिएको हो, र त्यसयता उनी अस्पतालमै उपचाररत छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट