Techie IT
२०८२ चैत्र २०, शुक्रबार

थिति बसाल्न सरकार सक्रिय भइरहेको छ - अर्थमन्त्री वाग्ले


अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान सरकार देशमा सुशासन र थिति बसाल्न केन्द्रित भएर काम गरिरहेको बताएका छन्। वीरगन्ज उद्योग वाणिज्य सङ्घले शुक्रबार आयोजना गरेको आर्थिक वर्ष ०८३/०८४ को पूर्व–बजेट अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

सरकारको मुख्य उद्देश्य सुशासन कायम गर्नु रहेको उल्लेख गर्दै उनले आर्थिक क्षेत्रमा रहेका जटिल कानुन, नियमावली र प्रक्रियालाई सरल बनाउने काम भइरहेको बताए। उद्यमी व्यवसायीहरूले उठाएका झन्झटिला नियम र प्रक्रियासम्बन्धी गुनासोलाई सम्बोधन गर्ने प्रयास भइरहेको उनको भनाइ छ।

अर्थमन्त्री वाग्लेले कर प्रणाली, ऐन तथा नियमावलीमा देखिएका समस्या तत्काल समाधान गर्दै ‘सेटिङ’ बिना काम हुने वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताए। साथै, व्यवसायीहरूलाई करको बोझ घटाउने र विभिन्न सरकारी निकायमा हुने झन्झट तथा हैरानी न्यूनीकरण गर्ने योजनामा सरकार अघि बढिरहेको उनले जानकारी दिए।

उनले ‘जेनजी’ आन्दोलनको मर्मअनुसार पारदर्शिता र सुशासनलाई प्राथमिकता दिँदै काम गर्ने प्रतिबद्धता समेत जनाए।

मध्यम वर्गलाई लक्षित गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष सुविधा दिने विषयमा पनि सरकार गृहकार्यमा रहेको उनले बताए। जनादेशअनुसार परिणाममुखी काम गर्ने सरकारको धारणा रहेको उनले स्पष्ट पारेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट