Techie IT
२०८३ असोज ११, आइतबार

चुनावमा विरोधीलाई साथ दिने नेता कार्यकर्तालाई कारबाही गर्ने नेपालको चेतावनी


नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले निर्वाचनका क्रममा पार्टीभित्रै रहेर विरोधीलाई सहयोग गर्नेहरूको खोजी भइरहेको बताएका छन्।

पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले चुनावमा साथ नदिने कार्यकर्ता पार्टीका लागि उपयोगी नहुने स्पष्ट पारेका छन् । “हामी चुनावको गम्भीर समीक्षा गरिरहेका छौँ। कार्यकर्ताले आफ्नो जिम्मेवारी पूरा गरे कि गरेनन्, मत खसाले कि खसालेनन् भन्ने हेर्दैछौँ,” उनले भने, “हामीभित्रै पनि विरोधीको पक्षमा लाग्नेहरू देखिएका छन्, उनीहरूको खोजी गर्नुपर्छ।”

उनले सङ्कटको समयमा साथ नदिने व्यक्तिहरू पार्टीका लागि आवश्यक नहुने उल्लेख गर्दै अनुशासनमा कडाइ गरिने संकेत गरेका थिए । साथै, चुनावी ‘सुनामी’का बीच पनि पार्टी संयोजक प्रचण्ड विजयी भएको उल्लेख गर्दै उनले बधाई दिएका छन्।

नेपालले पार्टी अहिले गम्भीर समीक्षामा रहेको र एक साताभित्र एकता तथा समायोजनको प्रक्रिया टुंग्याउने तयारी भइरहेको जानकारी दिए। 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट